Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालले पहिलोचोटि एक बालिकाको  जटिल प्रकृतिको शल्यक्रिया गर्न सफल भएको छ ।

सर्लाही घर भएकी १० वर्ष अर्चना कुमारी साह दुई वर्षअगाडि दुर्घटनामा परेकी थिइन् दुर्घटनापछि उनको मलद्वारबाट दिशाको निकास हुन सकेको थिएन । पेटमा प्वाल पारेर पाइप जोडेर दिशा गर्दै आएकी साहको अस्पतालका डा दिनेशप्रसाद कोइरालाको टिमले सफल शल्यक्रिया गरेको हो ।

हाल उनको पेटको प्वाल पुरिएको छ । भारतका केही अस्पतालमा उपचारको लागि लगिए पनि उपचार सम्भव नभएपछि आफन्तले फर्काएका थिए । तर सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालले सो जटिल र दुर्लभ प्रकृतिको शल्यक्रिया गर्न सफल भएको हो । डा कोइरालाले साहको तीनवटा शल्यक्रिया गर्नुपरेको जानकारी दिए ।

पेटको प्वाल पारेर पाइप लगाएर दिशा निकाली रहेको अवस्थामा प्वाल पुर्न चुनौती थियो अहिले साहले मलद्वार खुलेको छ । साथै उनलाई अहिले दिशा गर्न पायपको भरपर्नु अवस्था नरहेको र उनको शरीरको नियमित काम सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया