आमा म जेलमा छु
मेरो मुखमा चुक्कुल ठोकिएको छ
हामतमा हत्कडी लगाइएको छ
म अन्धकारमय कोठामा ढलेकोछु ।
म बोल्न खोज्छु तर सक्दिन
हात चलाउन खोज्छु, सक्दिन
सुदूर पूर्वको उषा हेर्न खोज्छु सक्दिन
म मूडो जस्तै लडेको छु उठ्नै सक्दिन ।
आमा म दुष्टको फन्दामा होइन
भीषण लडाईको मैदानमा छैन
दन्कीरहेको आगोको बीचमा हैन
सधैं जस्तै म त्यहीं छु, तर बन्धक छु ।
जस्ले बोल्न र लेख्न सिकायो आमा
बैरीको बिरुद्ध लड्न सिकायो
फिलिङ्गोसंग खेल्न सिकायो
म आज उसैको जेलमा छु आमा ।
आँखाभरी टिलपिल आँसु लिएर हिंडेकोछु
गरिबको मुक्तिको सपना साँचेर
कालोलाई कालो र सेतोलाई सेतो भन्न
छातिभरी अधम्य साहास बोकेर हिंडेको छु ।
आमा म हार्ने छैन जितेर आउनेछु
सामन्तका जेलनेल फोडेर
दलालहरुको सत्यनाश गर्दै
एकाविहानै क्रान्तिको गीत गाउदै
काँधमा बन्दुक बोकेर, आउनेछु नाच्दै र बजाउँदै ।।