Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – केही दिनदेखि लगातार बढ्दै गएको सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबारको नयाँ मूल्यअनुसार ६५ हजार पाँच सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य एक महिनायाता तोलामा ६ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार, सोमबार तोलाको ६५ हजार रुपैयाँ रहेको सुन मंगलबार पाँच सय रुपैयाँ बढको हो । असार ५ गते सुनको मूल्यमा ६४ हजार रुपैयाँको इतिहासकै नयाँ रेकर्ड कायम भएको थियो ।

असार ६ गते तोलामा एक हजार रुपैयाँ बढ्दै ६५ हजार रुपैयाँ कायम भएको थियो । तीन दिनसम्म निरन्तर ६५ हजार रुपैयाँमै कारोबार भइरहेको सुन आज तोलामा पाँच सय रुपैयाँ बढेर नयाँ रेर्कड कायम भएको हो । जेठ १५ गतेभन्दा अगाडी सुनको मूल्य ६१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । असार १० सम्ममा तोलामा ६ हजार रुपैयाँ बढेको छ ।

महासंघका अनुसार अमेरिका र चीनको व्यापार युद्धले विश्व बजारमा सुनको मूल्य बढेको हो । व्यापारिक झगडाले डलरको भाउ घट्ने देखिएपछि लगानीकर्ताहरु सुनतर्फ आर्कषित हुदाँ विश्व बजारमा सुनको मूल्य बढेको महासंघको भनाइ छ ।

तपाईको प्रतिक्रिया