Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । प्रदेश ५ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेश सभामा चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पूँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख गरी ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट पेश गरे ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँडबाट ३० करोड, वित्तिय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने सरकारको अनुमान छ । सरकारले वित्तिय हस्तान्तरणअन्तरगत स्थानीय तहलाई सशर्त अनुदानतर्फ १ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरेको छ ।

स्थानीय तहसँगको सहकार्य र वित्तिय हस्तान्तरण
प्रदेश सरकारले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रको विकासका लागि वित्तिय समानीकरण अनुदानतर्फ ५० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनाअनुसार प्रदेश सभा सदस्यले छनोट गरेका कार्यक्रम कार्यान्वयन गर्न भन्दै सरकारले स्थानीय तहहरुलाई सर्शत अनुदानवापत् १ अर्ब बजेट छुट्याएको छ । शीतभण्डार, पशु बधशाला निर्माण, पशुपंक्षी प्रयोगशाला स्थापनाका लागि ३८ करोड ९८ लाख सर्शत अनुदानतर्फ सरकारले विनियोजन गरेको छ ।

बजेटको पूर्णपाठ

तपाईको प्रतिक्रिया