Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

बेनी – यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपैंयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्नेछ ।

उक्त कार्यक्रममा पर्वत, म्याग्दी, बागलुङ, नवलपुर, स्याङ्जा, कैलाली, बैतडी, काठमाडौं, रौतहट, कास्की लगायत विभिन्न जिल्लाहरुका युवा गजलकारहरुको विशेष प्रस्तुती रहने छ भने युवा गजलकारहरुलाई स्थानीय वाद्यवादकहरुले समेत साथ दिने आयोजकले जनाएको छ । शिखर होटलमा दिनको दुई बजेबाट शुरु हुने उक्त कार्यक्रमको आयोजक म्याग्दी साहित्य सञ्चार रहेको छ ।

पछिल्लो समय म्याग्दी जिल्लामा क्रियाशील रहेको उक्त साहित्यिक संस्थाले ‘त्रितालमा गजल’ ‘बुलबुलको आँगनमा स्रष्टा’ ‘गजल साँझ’ जस्ता फरक/फरक कार्यक्रमहरु गर्दै साहित्यिक स्रोताहरुलाई फरक साहित्यिक खुराकहरु पस्किरहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले बताए ।

साहित्यिक विधालाई अनुत्पादक तर वौद्धिक क्षेत्र भनेर चिनिने गरिन्छ । त्यतिमात्र होइन नेपाली साहित्यलाई राज्य पक्षले जुन रुपमा हेर्नुपर्ने थियो त्यस्तो नजरले अहिले पनि हेर्न नसकेको अवस्था छ । नेपाल सरकारले साहित्यिक क्षेत्रलाई हेर्नका लागि भनेर नेपाल प्रज्ञा प्रतिष्ठान नामक संस्था त खोलेको छ तर त्यसको लाभ सत्ताका आसेपासे र पहुचवाला केही सीमित ब्यक्तिहरुको पेवा जस्तै बनेको छ । राज्य तथा शासन गर्ने प्रतिनिधिहरु साहित्यप्रति अनुदार देखिएपनि केही स्वयम् लेखकहरुले साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिएर साहित्यलाई मलजल गर्ने काम गरेका छन् ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया