शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशनले चन्द्रकुमार जबेगुको नेतृत्वमा ३१ सदस्यीय कियाचु जापान कार्य समिति गठन गरेको छ । जापानमा रहेको लिम्बूहरू बीच एकता, सामिप्यता र सौहार्दता कायम गर्दै लिम्बू जातिको भाषा, सँस्कृति र रीतिरिवाजको संरक्षण संवर्धन गर्ने र नेपालको अरूण नदी पूर्वको जिल्लाहरूलाई लिम्बुवान राज्य स्थापना गर्नलाई रचनात्मक भूमिका खेल्ने उद्देश्यका साथ संगठित यस संस्थाको चौथो महाधिशन आइतवार सम्पन्न भएको हो ।

महाधिवेशनद्वारा सर्बसम्मत गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुदिप पालुङवा अन्य उपाध्यक्षहरुमा अपेक्षा मादेन, मनकुमार तुम्सा, देवेन्द्र लावती र पुष्पराज थेवे चयन हुनुभएको छ । यसैगरी महासचिवमा लक्ष्मीहाङ आङवो, सचिवहरुमा बालविक्रम तिगेला, रेखा तुम्वाहाम्फे, नरेश योङहाङ, मुक्साम लावती र प्रविण सामयेम्खाम चयन हुनुभएको छ भने कोषाध्यक्षमा हरेन्द्र नाल्वो, सहकोषाध्यक्षमा किशोर आङवुहाङ र प्रवक्तामा किरण थेगिम चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा युवराज लावती, मानवहादुर मादेन खेवा, भिष्म लावती, बसन्त शेर्मा, बालकिशोर लिम्बू र सूर्य मावो चयन हुनुभएको छ ।
बांकी १० जना सदस्य आगामी बैठकले मनोनित गर्ने बताईएको छ ।

जापानको आइचिकेन नागोया स्थित सेयो सामुदायिक टोयोटा हलमा भएको महाधिवेशनमा टोकियो, साइतामा, चिवा, तोचिगी, इवाराकी, सिजुओका, नागोया, गुन्मा, फुकुओका, ओकिनावा, ओसाका लगायतका सहरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको बाक्लो सहभागिता रहेको थियो ।

अरूण नदी पूर्वको ९ जिल्लाहरूलाई स्वायत्त लिम्बुवान राज्य कायम गर्नका लागि ’लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्पन्न भएको महाधिवेशनले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र कियाचु जापानको विधान संशोधन सहित पारित गरेको छ ।*** 

तपाईको प्रतिक्रिया