मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडाैं – पाल्पाको विकासमा योगदान पुर्याउने जापानी समाजसेवी काजुमास काकीमी (ओके बाजे) को नागरिक अभिनन्दन कार्यक्रमको खर्च सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलन गरी नागरिक अभिनन्दनका लागि सङ्कलित रकमको खर्च विवरण सार्वजनिक गरिएको नागरिक अभिनन्दन मूल समितिका संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले अभिनन्दनका लागि दुई लाख ३३ हजार सङ्कलन गरेको थियो, जसअन्तर्गत दुई लाख १४ हजार अभिनन्दन कार्यक्रममा खर्च भएको संयोजक सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो ।

अभिनन्दन कार्यक्रमबाट १९ हजार बचत भएको र बचत रकम जापानी समाजसेवी ओकेबाजेलाई नै हस्तान्तरण गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।  जापानी नागरिक ओके बाजेलाई यही फागुन ३० गते तानसेनको टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको थियो ।

याे पनि, जापानी नागरिक ‘ओके बाजे’लाई नेपालमा अभिनन्दन

तपाईको प्रतिक्रिया