आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – सलमान खानले बलिउड मा धेरै नयाँ अनुहार हरु भित्राएका छन् । चलचित्र निर्माण संगै उनले टेलिभिजन को दुनियाँमा पनि हात हालिसके । कपिल शर्मा शो को निर्माता हुन् सलमान। केहि स्रोत का अनुसार अब उनि आफ्नै छुट्टै च्यानल खोल्ने तयारीमा छन् । यसका लागि अरु शो हरुको सामग्री तयार पार्न उनि जुटिसकेका छन् ।

आफ्नै च्यानल संचालन गरेमा उनले ‘ द कपिल शर्मा शो ‘ पनि सोहि च्यानल बाट प्रसारण गर्न सक्छन । च्यानल मात्र होइन उनि अब ‘ बियिंग ह्युमन ‘ पश्चात ‘ बियिंग चिल्ड्रेन ‘ ब्रान्ड पनि सुरु गर्ने तयारी मा छन् ।’ बियिंग चिल्ड्रेन ‘ मा बच्चा हरुलाई चाहिने विभिन्न सामाग्रीहरु पाइनेछ । सलमान , चलचित्र मा मात्र नभई अन्य ब्यबसाय केन्द्रित हुन खोज्दैछन ।

तपाईको प्रतिक्रिया