आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नागोयाको मिनातो वार्डमा १९ वर्षिय एक संदिग्ध युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई प्रहरी अधिकृतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उनलाई नियन्त्रणमा लिईएको हो ।

ती युवाले एक हातमा बोतलमा मट्टितेल र अर्को हातमा चक्कू लिएर प्रहरीचौकी प्रवेश गरेका थिए ।

प्रहरीकाअनुसार मंगलबार साँझ करीव ६:५० बजेतिर प्रहरीचौकीमा प्रवेश गरेका ती संदिग्घ युवाले चिच्याउँदै म तिमीहरुलाई मारिदिन्छु भन्दै भुंईमा मट्टितेल छर्केका थिए । गोजीमा लाइटर समेत बोकेका उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएका थिए ।
त्यतिबेला चौकीमा क्रमश: २९ र ३१ वर्षिय दुई प्रहरी अधिकृत थिए ।  तत्कालै उनलाई नियन्त्रणमा लिईएकोले कुनै अप्रिय घटना भने नभएको प्रहरी स्रोतले जनाएको छ ।
गोपनियताका कारण ती युवाको नाम खुलाईएको छैन । ***

तपाईको प्रतिक्रिया