आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – क्योदाइ रेमिट्यान्स-आइएमइले आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन विमा योजना बजारमा ल्याएको छ ।

जापानमा लामो समयदेखि सस्तो, सुलभ रेमिट्यान्स सेवा प्रदान गरी विश्वसनियता आर्जन गरिसकेको दावी गर्दै आएको सो कम्पनीले आफ्ना ग्राहकहरुलाई प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ ।

‘तपाईको कमाई अनि परिवारको सुरक्षा संगसंगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन विमा योजना ल्याएको सो कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ-रेमिट्यान्स् मार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने ब्यक्तिको भुक्तानी पाएको दिन देखि रु. पाँच लाखको १ बर्षे दुर्घटना जीवन विमा हुने बताईएको छ । क्योदाइ रेमिट्यान्स-आइएमइले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । ४० वा सो भन्दा बढि बोनस पोइन्ट हुने सेवाग्राहीमा मात्र उक्त दुर्घटना जीवन विमा लागु हुने जनाईएको छ ।

सोही आधारमा गत जनवरी महिनामा जापानबाट पठाईएको पैसा नेपालमा भुक्तानी लिनेहरु मध्यबाट २ हजार १ सय ३७ जनाले जनही पाँच लाख रुपैंयाँको एक वर्षो दुर्घटना जीवन विमा प्राप्त गरेको सो कम्पनीले जानकारी गराएको छ ।

योजनाबाट लाभान्वित हुने विमितहरुको नामावली सम्बन्धित सबैको जानकारीका लागि कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिएको क्योदाइ रेमिट्यान्स-आइएमइका ब्यवसाय प्रबर्द्धन अधिकृत दिलिपराज पण्डितले समुद्रपारिलाई बताए ।***

तपाईको प्रतिक्रिया