आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – हालै दिवंगत नेताद्वय भरतमोहन अधिकारी र रविन्द्र अधिकारीको सम्झनामा आउँदो आईतवार टोकियोमा शोक सभा हुने  भएको छ ।

कार्यक्रम यहि मार्च १० तारिखका दिन टोकियो शिनओकुबो स्थित रोधी घरको सभाहलमा अपरान्ह १२ बजेबाट हुने कार्यक्रम संयोजक तथा जनप्रगतिशिल मञ्चका अध्यक्ष हवलचन्द्र लामाले बताउनुभयो । उक्त कार्यक्रममा सहभागिताका लागि जापानबासी नेपालीहरुमा अपिल गरिएको छ ।

नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको गत साता हेलिकप्टर दुर्घटनामा परी ताप्जेजुङमा निधन भएको थियो भने ८२ वर्षिय पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको गत शनिवार राति उपचारकै क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो ।

नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली स्व. नेताद्वयको स्मृतिमा पार्टीको जापानस्थित भात्तृसंगठन एकता मञ्चले गहिरो दुख ब्यक्त गर्दै शोकसभा गर्न लागेको हो ।***

तपाईको प्रतिक्रिया