आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाको प्रमुख आतिथ्यतामा आइतवार टोकियोमा एक विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

जाइकाको एक कार्यक्रममा भाग लिन नेता थापा आजै टोकियो आईपुगेका हुन् ।

‘समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयमा नेता थापासंग विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।

समृद्ध नेपाल निर्माण अभियान जापानको आयोजनामा हुन गईरहेको सो कार्यक्रममा उपस्थित भईदिन जापानस्थित संघसंस्था, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, ब्यवसायी तथा विभिन्न क्षेत्रमा संलग्न जापानबासी नेपालीहरुमा अपिल गरिएको छ ।

कार्यक्रम आइतवार अपरान्ह साढे एक बजेदेखि टोकियो शिनओकुबोमा हुने कार्यक्रम संयोजक महेशकुमार श्रेष्ठले जानकारी दिए ।

स्मरणरहोस, समृद्ध नेपाल अभियान जापानले यसअघि नेपाल भारत प्रवुद्ध समुहका सदस्य महेन्द्र पि लामा, त्रिविविका पूर्व उपकुलपती तथा जापानका लागि पूर्व नेपाली राजदूत केदारभक्त माथेमा, संविधानविद भीमार्जुन आचार्य, रविन्द्र मिश्र, प्रेम बानियाँ लगायतका विशिष्ट ब्यक्तिहरुसंग वौद्धिक अन्तरक्रियात्मक कार्यक्रमहरु गरिसकेको छ ।

कार्यक्रम हुने स्थानको ठेगाना
3-21-16 Hyakunincho, Shinjuku-Ku, Tokyo
(3 Min. walk from Shin-Okubo Station, Near Yamate Hospital)

तपाईको प्रतिक्रिया