आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – यो वर्ष युनिभर्सिटी ग्य्राजुयशन गर्न गईरहेका विद्यार्थीहरुको लागि रोजगारीको सुनिश्चित गर्न सघाउ पुर्‍याउने उद्देश्यले शुक्रवार जापानभरि जब फेयर सम्पन्न भएका छन् ।
देशैभरि कामदार अभावको चर्को समस्या झेलिरहेको जापानले यो वर्ष तयार हुने युनिभर्सिटी तह उत्तीर्ण जनशक्तिबाट केही राहत हुने अपेक्षा गरेको छ ।

यसैबीच शुक्रवार तिनै जनशक्तिलाई लक्षित गरी चिवा केनको माकुहारी सम्मेलन केन्द्रमा एक जब फेयर सम्पन्न भएको छ ।

रिक्रुट क्यारियर कम्पनीले आयोजना गरेको सो फेयरमा कालो सूटमा सजिएका ठूलो संख्याका युवायुवतीहरु भेला भएका थिए । उक्त कम्पनीले रोजगारी उपलब्ध गराउने साइट रिकुनावी सञ्चालन गर्दै आईरहेको छ । रिकुनावी जापानमा रोजगारी मिलाईदिने ठूला साइट मध्यको एक हो । ६ सय भन्दा बढि कम्पनीहरुसंग लिंक भएको यस कम्पनीले हरेक वर्ष यसप्रकारको जब फेयरको आयोजना गर्दै आईरहेको छ ।***

तपाईको प्रतिक्रिया