आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – युवतीलाई लठ्याउने औषधी खुवाई बलात्कार गरेको आरोपमा २ जना डाक्टरलाई बुधबार जापान प्रहरीले पक्राउ गरेको छ ।

गत जनवरीमा खराउके बारमा संगै मादक पदार्थ सेवन गरेका उनीहरुले युवतीलाई निद्रा लाग्ने औषधी खुवाएर बलात्कार गरेको प्रहरीले आरोप लगाएको छ ।

शोवा युनिभर्सिटी हस्पिटलमा कार्यरत फिजिशियन डाक्टर २८ वर्षिय मासाताका कानेकोले आपसी सहमतिमा शारिरीक सम्पर्क गरेको प्रहरीलाई बताएका छन । सोही अस्पतालका प्रशिक्षार्थी डाक्टर २६ वर्षिय हिसाआकी ओबायासी र कानेकोले २० वर्षिय युवतीलाई मादक पदार्थमा निद्राले लठ्याउने औषधी सेवन गराई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

गत जनवरी १८ तारिखका दिन टोकियो मेगुरो स्टेशन नजिकैको एउटा खराउके बारमा साँझ ७:३० बजेदेखि उनीहरुले खाईपिई गरेको र उनीहरुले राती ११ बजेतिर ती युवतीलाई कानेकोको घरमा लिएर गएका थिए, क्योदोन्यूजमा खबर छ ।***

तपाईको प्रतिक्रिया