आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेपालको नजिकको छिमेकी देश भारत र पाकिस्तानबीच उत्पन्न पछिल्लो तनावका कारण अहिले विभिन्न कोणहरुबाट विश्लेषण हुन थालेको छ । एकपछि अर्को बदलामा उत्रदै गएका यी दुई छिमेकी राष्ट्रहरुको विवादको मुल जड काश्मिर क्षेत्र हो । पछिल्ला घटनाक्रम र चेतावनीको भाषा हेर्दा यि दुई देश युद्धमै होमिने त हैनन् भन्ने तहसम्मको अनुमान लगाउन कुनै गाह्रो छैन । यि दुई देशबिच विद्यमान लामो तनावका कारण नेपाललाई प्रत्यक्षरुपमा धेरै असर पर्दै आईरहेको छ ।

भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यसका कारण दुवै मुलुकले आ-आफ्नो पारमाणविक अस्त्र विकास गरेका छन् ।

साँस्कृतिक र इतिहास मिल्दोजुल्दो भएको भएपनि उनीहरु केवल प्रतिस्पर्धी मात्रै होइनन्, एक अर्काका दुश्मनकारुपमा प्रस्तुत हुँदै आएका छन् ।

भारतमाथिको ब्रिटिश शासन सन् १९४७ अगस्ट १५ मा समाप्त भएपछि भारत र पाकिस्तानले एकै समयमा स्वतन्त्रता पाएका हुन् । स्वतन्त्रता पाएको ७० वर्ष यता उनीहरुले तीनवटा युद्ध लडिसकेका छन् । कतिपयले चार वटा पनि भन्दै आईरहेका छन् । सन् १९९९ मा ती ति मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन ।
आफुले शासन छोड्ने बेला ब्रिटेनले महिनौं लामो राजनीतिक गतिरोधपछि मुलुकलाई दुई भागमा विभाजन गर्ने सहमति जनाएको थियो । ठूलो संख्यामा रहेका हिन्दु बाहुल्य भारतमा अल्पसंख्यक मुसलमानहरु अप्ठ्यारोमा पर्न सक्ने भन्ने चिन्ता सम्बोधन गर्न छुट्टै र मूलतः मुसलमान राष्ट्र पाकिस्तान सिर्जना गरिएको थियो ।

दिल्लीबाट इस्लामावाद जम्मा ७ सय किलोमिटर टाढा छ । उड्डयन दृष्टिले यो एकदमै छोटो यात्रा हो । तर यि दुई राजधानीबीच सीधा उडान नभएकोले भारतीय राजधानीबाट पाकिस्तानी राजधानीसम्म सिधा यात्रा गर्न सकिदैन ।

बिबिसीका अनुसार भारत र पाकिस्तान केही साताअघि च्याम्पियन्स् ट्रफीको उपाधिका लागि भिडेका थिए । दुवै देशमा क्रिकेट असाध्यै लोकप्रिय छ । तर त्यो खेल दक्षिण एसियामा नभई लण्डनमा भएको थियो । भारत र पाकिस्तान एकअर्काको भूमिमा क्रिकेट खेल्दैनन् । ***

तपाईको प्रतिक्रिया