सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानी सम्राट आकिहितोले आफ्नो ३० वर्षको हेइसेइ शासनकालमा देशमा शान्ति तथा अमनचयन कायम गर्न प्राप्त भरपुर समर्थनका लागि जापानी जनतालाई धन्यबाद दिएका छन् । सम्राट आकिहितोले आफ्नो शासनकालमा कुनै पनि युद्धको सामना गर्न नपरेकोले उक्त कालखण्ड आधुनिक तथा वर्तमान कालको पहिलो युग भएको बताएका छन् ।

आफ्नो शासनकालको ३० वर्ष पुरा भएको उपलक्ष्यमा राजधानी टोकियोमा आईतवार आयोजित एक समारोहमा बोल्दै सम्राट आकिहितोले यस कालखण्डमा आफ्नो दायित्व निर्बाह गर्न सफल रहेको पनि बताए ।
समारोहमा प्रधानमन्त्री सिन्जो आबे, दूवै सदनका अध्यक्ष तथा सदस्यहरु, सर्बोच्च अदालतका प्रधानन्यायाधिश, संबैधानिक आयोगका प्रमुख तथा विदेशी कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रधानमन्त्री आबेले आफ्नो बधाई सन्देशमा ३० वर्षको कार्यकालमा सम्राट आकिहितोले राष्ट्रप्रति पूर्णरुपमा समर्पित भई राष्ट्रिय एकताको प्रतिककारुपमा काम गरेको बताए ।

सम्राट आकिहितोले आगामी अप्रिल ३० मा राजगद्दी परित्याग गर्नेछन् भने त्यसको भोलिपल्ट मई १ मा युवराज नारुहितो जापानको नयाँ सम्राट बन्ने भएका छन् । संबैधानिक राजतन्त्रात्मक मुलुक जापानमा राजसंस्थाप्रति जापानी जनताहरुको उच्च सम्मान रहँदै आएको छ ।***

तपाईको प्रतिक्रिया