सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको यहि आउँदो आइतवार फेब्रुअरी २४ का दिन टोकियोमा प्रथम साधारण सभा हुने भएको छ । स्थापनाको पहिलो वाषिर्कीको अवसरमा प्रतिष्ठानको जापान शाखाले साधारण सभा गर्न लागेको हो ।

साधारण सभामा वार्षिक कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै भावी कार्ययोजनाका सम्बन्धमा छलफल गरी पारित गरिने कार्यक्रम रहेको शाखाका सचिव नारायण कँडेलले बताए । औपचारिक समारोह समापन लगत्तै कलाकर्मीहरुको मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम पनि रहने बताईएको छ ।

प्रवासमै रहेर पनि नेपाली लोक तथा दोहोरीगीत सम्बन्धि मौलिक सँस्कृति एवं सँस्कारको संबर्द्धन तथा श्रीवृद्धिका साथै सो संग सम्बन्धित कलाकर्मीहरुको हकहितका लागि क्रियाशील रहने उद्देश्यले प्रतिष्ठानको जापान शाखा एक वर्ष अगाडि स्थापना गरिएको शाखाका अध्यक्ष युवराज आचार्यले बताए ।

उक्त दिनको बिहान ११ बजेदेखि टोकियो शिनओकुबोस्थित रोधीघरमा हुने सो साधारण सभामा उत्साहजनक सहभागी भईदिन अध्यक्ष आचार्यले जापानबासी नेपालीहरुमा अपील गरेका छन् । ***

तपाईको प्रतिक्रिया