सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – आगामी मार्चको २३ तारिख टोकियोमा बृहत खुल्ला होली महोत्सव हुने भएको छ ।

हिन्दु स्वयंसेवक संघ र सँस्कृति जापानको संयुक्त आयोजनामा हुन लागेको सो होली महोत्सवमा उत्साहजनक सहभागिताका लागि जापानमा रहेका नेपाली, भारतीय, जापानी समुदाय लगायत अन्य मुलुकका नागरिकहरुमा अपिल गरिएको छ ।

परम्परागत अर्गानिक शाकाहारी भोजन, विविध साँस्कृतिक कार्यक्रम, डिजे म्युजिकका साथमा रंगिन होली कार्यक्रममा सहभागी भईदिन आयोजकका तर्फबाट रोहण अग्रवालले अपिल गरेका हुन् ।
समुद्रपारिसंग कुरा गर्दै अग्रवालले भने – ‘सन् २०१५ देखि हरेक वर्ष होली कार्यक्रम गर्दै आएका छौं, यस वर्ष भने नेपाली समुदायको पनि उत्साहजनक सहभागिताको अपेक्षा गरेका छौं, आफ्ना कला र सँस्कृतिलाई बिदेशमै भए पनि सबै मिलेर मनाऔं, भाइचारा बढाऔं ।’

यदोगावा कु मा पर्ने फुनाबोरी स्पोर्टस् पार्कमा उक्त दिनको बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने सो होली कार्यक्रममा विभिन्न थरिका रंगीबिरंगी रङ् तथा अबिरको पनि प्रति प्याकेट ५ सयमा उपलब्ध गराईने जनाईएको छ । कार्यक्रममा प्रवेश भने निःशुल्क रहने आयोजकले जनाएको छ ।

होली महोत्सवका लागि गोविन्दाज दिल्ली धावा र अम्बिका जापानले प्रायोजन गरेका छन् भने बिहार एण्ड झारखण्ड एशोसियशन जापान, मेन इन ब्लू क्रिक्रेट क्लव जापान, टोकियो तमिल संगम, इण्डियन प्रोफेशनल्स इन जापान लगायतका संघसंस्थाहरु सपोर्टरमा रहेका छन् । आयोजकका अनुसार तोय शिन्जुकु लाइनको फुनाबोरी स्टेशनबाट केहि मिनटको दूरीमा मात्र उक्त कार्यक्रमस्थल रहेको छ ।
जापानमा रहेको भारतीय समुदाय र नेपाली समुदाय बीच यसप्रकारका कार्यक्रममा सहभागिता आदानप्रदान गरी पारस्परिक सम्बन्ध थप मजबुत बनाउन सकिने आयोजकको दावी छ ।***

थप जानकारीका लागि फेसबुक पेज

तपाईको प्रतिक्रिया