सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा जापानब्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा हुन लागेको सो प्रतियोगिता सिटी एक्स्प्रेस मनि ट्रान्सफर जापानको प्रायोजनमा हुन लागेको हो ।
‘अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार’ का लागि उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागिताका लागि जापानमा रहेका साहित्यप्रेमीहरूलाई अनुरोध गरिएको छ ।

आयोजक संस्था अनेसास जापानका महासचिव अरुण पौडेलका अनुसार प्राप्त कविताहरु मध्यबाट उत्कृष्ट ३ जना कविलाई १५ हजार येन नगद राशी, प्रमाण पत्र र मायाको चिनोले पुरस्कृत गरिने छ भने भने सहभागी सम्पूर्णलाई प्रमाण पत्र र आकर्षक मायाको चिनो सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागिताका लागि कविताको शीर्षक र बिषयबस्तु खुला रहने छ भने कविता बढीमा २ सय शब्द सम्मको हुनुपर्ने जनाईएको छ ।

जापानमा स्थायी वा अस्थायी बसोबास गर्दै आईरहेका कविले प्रतियोगितामा सहभागी हुन सक्ने भए पनि बिगतका उत्कृष्ट विजेता कविहरूले भने सहभागी हुन नपाउने आयोजक स्रोतले जनाएको छ ।
कविता यहि २८ फेब्रुअरी भित्रमा इमेल (japankabita@yahoo.com) मार्फत आईपुग्नुपर्ने बताईएको छ । प्राप्त लिखित कविताहरु मध्यबाट मूल्याङ्कन समितिले उत्कृष्ट ३ कवि घोषित गरिने र आगामी नेपाली नयाँ वर्षको अवसरमा हुने साहित्यिक शृङ्खला कार्यक्रममा पुरस्कृत गरिने महासचिव पौडेलले समुद्रपारिलाई बताए ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइलाको संयोजकत्वमा प्रायोजक कम्पनीका कार्यकारी प्रमुख महेशकुमार श्रेष्ठ, अनेसास जापानका पूर्व अध्यक्षहरु रहेको मूल्याङ्कन समिति गठन गरिएको बताईएको छ ।***

तपाईको प्रतिक्रिया