Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोकियो – जापानमा जापानब्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा हुन लागेको सो प्रतियोगिता सिटी एक्स्प्रेस मनि ट्रान्सफर जापानको प्रायोजनमा हुन लागेको हो ।
‘अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार’ का लागि उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागिताका लागि जापानमा रहेका साहित्यप्रेमीहरूलाई अनुरोध गरिएको छ ।

आयोजक संस्था अनेसास जापानका महासचिव अरुण पौडेलका अनुसार प्राप्त कविताहरु मध्यबाट उत्कृष्ट ३ जना कविलाई १५ हजार येन नगद राशी, प्रमाण पत्र र मायाको चिनोले पुरस्कृत गरिने छ भने भने सहभागी सम्पूर्णलाई प्रमाण पत्र र आकर्षक मायाको चिनो सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागिताका लागि कविताको शीर्षक र बिषयबस्तु खुला रहने छ भने कविता बढीमा २ सय शब्द सम्मको हुनुपर्ने जनाईएको छ ।

जापानमा स्थायी वा अस्थायी बसोबास गर्दै आईरहेका कविले प्रतियोगितामा सहभागी हुन सक्ने भए पनि बिगतका उत्कृष्ट विजेता कविहरूले भने सहभागी हुन नपाउने आयोजक स्रोतले जनाएको छ ।
कविता यहि २८ फेब्रुअरी भित्रमा इमेल ([email protected]) मार्फत आईपुग्नुपर्ने बताईएको छ । प्राप्त लिखित कविताहरु मध्यबाट मूल्याङ्कन समितिले उत्कृष्ट ३ कवि घोषित गरिने र आगामी नेपाली नयाँ वर्षको अवसरमा हुने साहित्यिक शृङ्खला कार्यक्रममा पुरस्कृत गरिने महासचिव पौडेलले समुद्रपारिलाई बताए ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइलाको संयोजकत्वमा प्रायोजक कम्पनीका कार्यकारी प्रमुख महेशकुमार श्रेष्ठ, अनेसास जापानका पूर्व अध्यक्षहरु रहेको मूल्याङ्कन समिति गठन गरिएको बताईएको छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया