बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – लोकदोहोरी गीतमा पछिल्लो समय निकै चर्चा कमाउन सफल गायक मोहन खड्काको आवाजमा रहेको “सुन सबैले सुन भाग २” के यस्तो हुन लेखेको गीतले बजारमा आएको २४ घण्टा नबित्दै धेरै दर्शकको मन जितेको छ ।

सर्जक बिमल अधिकारीको शब्द रहेको गीतमा गायक खड्का र बिष्णु माझीको आवाज रहेको छ । भावना म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको गीतमा अधिकारी र साया भण्डारीको अभिनय छ । निर्देशन भने कपिल लामाले गरेका छन् ।

यो समाचार तयार पार्दासम्म ७० हजार बढी दर्शकले हेरिसकेका छन् । गीत शुक्रवार साँझ ५ बजेपछि मात्र म्युजिक नेपालको युटुव च्यानलबाट बजारमा आएको हो ।

तपाईको प्रतिक्रिया