शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – नयाँ वर्षको अवसर पारेर जनगायक जीवन शर्मा र अर्का जनगायक दलबहादुर विकको साँगीतिक प्रस्तुती रहेको रक्तिम साँस्कृतिक अभियान कार्यक्रम जापानमा हालै सम्पन्न भएको छ ।

जापानको दोस्रो ठूलो सहर ओसाका र टोकियोमा गरी दुई ठाउँमा सो रक्तिम अभियान कार्यक्रम सम्पन्न भएको हो ।

जापान नेपाली एकता समाजको आयोजनामा भएको कार्यक्रममा गायक शर्मा र विकले दर्जनौ जनताका गीतहरु गाएर मन्त्रमुग्ध पार्नुका साथै मनोरञ्जन प्रदान गर्नुभएको थियो । सो समाजले हरेक वर्ष नयाँ वर्षको अवसरमा नेपालका ख्यातीप्राप्त जनकलाकारहरु जापान निम्त्याएर कार्यक्रम गर्दै आईरहेको छ ।***

तपाईको प्रतिक्रिया