बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण पुन: पूर्व प्रेमी रणवीर कपुरसँग स्क्रिन शेयर गर्दैछिन् ।

हालै रणवीर सिंहसँग विहे गरेकी दीपिका निर्देशक लव रन्जनको आगामी फिल्ममा रणवीर कपुरसँग देखिने भएकी हुन् । उसो त प्रेम सम्बन्ध टुटेपछि पनि यी दुईले एकसाथ काम गरेका थिए । बलिउड मिडियाले उल्लेख गरे अनुसार सम्भवतः दीपिकाले विहे पछिको पहिलो फिल्म नै रणवीर कपुरसँग गर्दैछिन् ।

नाम तय भइनसकेको लभ स्टोरी रहने फिल्मको छायांकन सन् २०१९ को मध्यतिरबाट हुनेछ । फिल्ममा रणवीर कपुर, दीपिका पादुकोणसँगै अजय देवगनकाले पनि मुख्य भुमिका हुनेछ । यसअघि पनि रणवीर कपुर र दीपिकाले एकसाथ तीन वटा फिल्ममा काम गरिसकेका छन् ।

रणवीर कपुर र दीपिकाले ‘बचना ए हसीनो’, ‘ए जवानी हे दिवानी’ र ‘तमाशा’मा एकसाथ काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया