मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं –  चलचित्र ‘रणवीर’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँ आयोजित कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

बदलाको भाव झल्किने ट्रेलरमा चलचित्रका दुई मुख्य कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बिचको टकराबलाई देखाइएको छ । चलचित्रको ट्रेलरमा प्रेम, एक्सनलाई समेटिएको छ ।

यो चलचित्रमा सुशील र प्रशान्तको अलावा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।

गोविन्द सिहं भण्डारीको निर्देशन रहेको चलचित्रमा उनकै कथा, पटकथा, संवाद  रहेको छ भने महेश पौडेलको छायाँकन रहेको छ । त्यस्तै चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध रहेको छ भने गम्भिर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

यो चलचित्र माघ १८ गतेबाट रिलिज हुदैँछ ।

तपाईको प्रतिक्रिया