बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानले ड्राइभर विनाको स्वचालित रेल सञ्चालनमा ल्याउने तैयारी गरिरहेको छ । राजधानी टोकियोको केन्द्रभागमा चल्ने सर्वाधिक यात्रुहरुलाई सेवा पुर्‍याउँदै आएको यामानोते लाइनले सोमवार यसको सफल परीक्षण गरेको छ । उसो त यस्ता स्वचालित रेल सेवा केही मोनो रेल लाईनहरुमा पहिलेदेखि नै सञ्चालनमा छन्, तर जसको लिग भने जमिनभन्दा माथि रहेका छन् । जापान टाईम्सका अनुसार पूर्वी जापान रेलवे कम्पनीले सोमवार यामानोते लाइनमा गरेको परीक्षणमा ३४ दशमलव ५ किलोमीटर दूरी रहेको यामानोते लाइनमा सफलतापूर्वक २ चक्कर लगाएको थियो । सोमबार अपरान्ह २ बजेतिर ओसाकी स्टेशनबाट सुरु गरिएको उक्त परीक्षणको पहिलो राउण्डमा नियमित समयतालिका अनुसार गन्तब्यमा पुगेको थियो भने दोस्रो राउण्डमा निर्धारित समयतालिका भन्दा १० सेकेण्ड छिटो गन्तब्यमा पुगेको बताईएको छ ।

’प्रारम्भमै हामीले सफल परीक्षण गरेका छौं, यसको परिणाम बारे प्राविधिकरुपले अध्ययन र विश्लेषण गरी आवश्यक सुधारसहित केही हप्तामै हामी अर्को परीक्षण गर्ने छौं’ – पूर्वी जापान रेल वे कम्पनीका कार्यकारी प्रमुख युइचिरो तोकुनागाले भने ।

यसैबीच सेन्ट्रल जापान रेलवे कम्पनीले राजधानी टोकियो र नागोया सहरलाई जोड्ने तिब्र गतिको स्वचालित रेल सेवा सन् २०२७ सम्ममा सञ्चालनमा ल्याउने लक्ष लिएको छ भने क्युशु रेलवे कम्पनीले सन् २०२० को मार्च सम्ममा परीक्षण नै गर्ने योजना अगाडि सारेको छ ।***

तपाईको प्रतिक्रिया