Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । बुक-हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा आज बिमोचन गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तत्कालिन माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको वर्णन पुस्तकमा गर्नुभएको छ । रामेछापको बेथान, सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिन अवस्था र उद्धारको रोचक वर्णन उक्त पुस्तकमा छ ।

‘ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन, फोर्स र एम्युनिसन झारेर, घाइतेलाई हेलिकप्टरमा राख्दै गर्दा मैले ककपिटबाटै बाहिर नजर घुमाएँ, त्यहाँ लासहरू छरिएका थिए, हृदयविदारक अवस्था थियो, केही घाइते सुरक्षाकर्मी बोकेर म पुनः मुसिकोट एयरपोर्ट फर्किएँ ।’ खारामा गरेको जोखिमपूर्ण हेलिकप्टर अवतरण र त्यहाँको दृश्य वर्णन गर्दै पुस्तकमा लेखिएको छ । पत्रकार राजाराम गौतमले सम्पादन गरेको उक्त पुस्तक ५२५ मा खरीद गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया