सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – यही आउँदो आइतवार टोकियोमा सरला राई लगायतका कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको स्पेशल इभेन्ट हुने भएको छ ।

गायिका राईका साथमा अन्य कलाकारहरुमा अनु मगर, प्रस्वती तामाङ, एलबि थोकरको विशेष प्रस्तुती रहने आयोजक साउण्ड इभेन्ट इन्टर्टेन्टमेन्टले जनाएको छ ।
शिन-ओकुबोस्थित टोकियो रोधीघरमा हुन गईरहेको सो साँगीतिक कार्यक्रममा रेशम र जोन छन्त्यालको डिजे रहने बताईएको छ ।

साउण्ड इभेन्ट इन्टर्टेन्टमेन्ट र टोकियो रोधीघरको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रम साँझ ५:३० बजेदेखि ११ बजे सम्म हुने बताईएको छ । ***

तपाईको प्रतिक्रिया