आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  –  बरिष्ठ सर्जक रमेश बि.जी को लय तथा शब्दमा डोलराज परियारको मर्मस्पर्शी गीत ‘बुवा..’ बिमोचन भएको छ । शनिवार बरिष्ठ गायक तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा नयाँ गीत ‘बुवा..’ को विमोचन गरिएको हो ।

सांगितिक बजारमा आमाको बारेमा गीतहरु धेरै आए । तर बुवा सम्बन्धी गीत खासै छैनन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका रमेश बि.जीको लय शब्दमा डोलराज परियारले ‘बुवा..’ गीत बजारमा ल्याएका छन् ।

विमोचन कार्यक्रममा लोकप्रिय गायक राजु परियार, अभिनेता एबम संचारकर्मी सन्तोष खनाल, लोक संचारकर्मी नेपालका सस्थापक अध्यक्ष गोबिन्द गिरी, नायिका सबिना कार्की लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

गायक डोलराज परियारको स्वरमा रहेको गीतमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । यस गीतमा डोलराज परियार अनि उनकै बुवा मन बहादुर परियार, आमा कौशिला परियारको अभिनय रहेको छ ।

गायक डोलराज परियार लोक दोहोरी प्रतिस्ठान नेपाल लाजिम्पाट समितिका सह सचिब पनि हुन् । उक्त गीतमा बुवाको कर्तव्य के ? अनि बुवा को दुख र छोरा प्रति कस्तो कर्म रहन्छ भन्ने कुरा देखाउन खोजिएको छ । बिमोजन समारोहमा बोल्ने वक्ताहरुले यो गीत सबैले एकपटक हेर्नैपर्ने बताए ।

तपाईको प्रतिक्रिया