काठमाडौं – दोहोरी गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को धनगढीमा विमोचन गरिएको छ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको विमोचन गर्नुभएको हो । मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पौडेलको गीत कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो ।
‘झिममिला ताल कञ्चनपुर रंग फेर्छ महिना महिनामा, आफैँमा दंग पर्दो हो हेर्ने पाए ऐनामा, यहि हो सुन्दरपश्चिम…यहि हो सुन्दरपश्चिम… , तपाईं मेरो यो सेरोफोरो कैलाली घर मेरो ओइ सुवा कैलाली घर मेरो’ शब्दहरू दोहोराउँदै मन्त्री भट्टले भन्नुभयाे, ‘यी शब्दमा सुदूरपश्चिम प्रदेशको मैलिकता झल्कन्छ।’
सुदूरपश्चिम सुन्दर भएर पनि ओझेलमा परेको बताउँदै मन्त्री भट्टले गीत संगीतको माध्यमबाट प्रदेशलाई चिनाउनुपर्ने बताउनुभयो । एल्वम विमोचन कार्यक्रममा गायक पौडेलले देउडा गीतमार्फत् सुदूरपश्चिम प्रदेशका कला, संकृति र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको बताउनुभयाे।
‘सुदूरपश्चिममा गाईने र गुनगुनाइने गीतलाई मैले बजारमा ल्याएको हुँ’ गायक पौडेलले भन्नुभयाे। पृथ्वी इन्टरटेन्मेन्टमार्फत् बजारमा ल्याइएको गीतमा स्वर नवीन पौडेल र सम्झना भण्डारीको छ। लय नवीन पौडेलको हो। शब्द दिग्गज धौरालीले कोर्नुभएको हो ।
भने छायांकन राजेश घिमिरेको हो। निर्देशक प्रकाश भट्ट हुनुहुन्छ । गीतका सम्पादक विष्णु शर्माले गर्नुभएको छ ।