बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं — जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ ।

जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताउनुभयो ।

नेपालका कलेजबाट पहिलो चरणमा ५० आईटी ईन्जिनियरहरुलाई रोजगारी दिने योजना रहेको बताउँदै उहाँले सुरुवाती वर्षको तलब २७ लाख नेपाली हुने जानकारी दिनुभयो । जापानमा लानु अघि विद्यार्थीलाई कलेजमै भाषा तालिम दिने व्यवस्था पनि मिलाइएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार विद्यार्थीले चार सय घण्टाको जापानी भाष कक्षा लिनुपर्ने र सोको व्यवस्था कम्पनीले नै मिलाउने जनाइएको छ । हालसम्म ३० भन्दा बढी राष्ट्रबाट तीन सय विदेशीलाई रोजगारी दिइएको बताउँदै उहाँले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया