Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

रौं आउने कारण
अध्ययनअनुसार धेरैजसो महिलामा टेस्टोस्टेरोन हर्मोनका कारण अनुहारसँगै शरीरका विभिन्न ठाउँमा रौं पलाउने गर्दछ । यस्तो पुरुष हर्मोन उत्पादन हुँदा महिलामा झन्डै पुरुषकै सरह दाह्री– जुँगा आउने हुन्छ ।
त्यसैगरी छाती, पेट, हात, खुट्टा तथा यौनांगमा समेत अनावश्यक रौं देखापर्छ ।
स्वास्थ्यमा आउने गडबडी, विनाकारण हुने इडियोपार्थिक, पोलिस्टिक सिन्ड्रोम, डिम्बाशयमा कुनै ट्युमर पलाएमा ।
पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्मोन गडबड हुने कारण ।
छालासम्बन्धी रोग, थाइराइडमा समस्या, पेटमा हुने समस्या ।
एड्रिनल ग्रन्थिले डिएचइएस नामक अर्को हर्मोनको अत्यधिक उत्पादन ।
हर्मोन परिवर्तन गर्ने औषधिको जथाभावी प्रयोग ।
वंशानुगत गुणका कारण पनि महिलामा बढी रौं पलाउँछ ।

कसरी हटाउने ?

रौं हटाउन अस्थायी र स्थायी दुईवटा तरिका अपनाउन सकिन्छ । केही तरिका यस्ता छन् :
स्थायी रूपमा हटाउन थ्रेडिङ गर्ने ।
घरेलु उपायअनुसार कपडामा चिनी लगाएर निकाल्ने ।
एपोलिङ र वासिङजस्ता विभिन्न तरिका अपनाउन सकिन्छ ।
बजारमा पाइने कपाल हटाउने क्रिमको प्रयोग गरेर अस्थायी रूपमा हटाउन सकिन्छ । जो कपालको प्रकृति हेरी हप्ता वा महिनादिनको फरकमा प्रयोग गर्न सकिन्छ ।
चिकित्सकीय विधिद्वारा लेजर गरेर कपाल स्थायी रूपमै हटाउन मिल्छ । कपाल उत्पादन गर्ने एड्रिनल ग्रन्थि मिर्गौलाको ठीक माथि हुने भएकाले यसको उपचार सामान्य तरिकाले गर्न सकिँदैन । तर, चिकित्सकीय विधि लेजरका माध्यमले समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ । ***

तपाईको प्रतिक्रिया