Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ सार्वजनिक भएको छ । म्याडिसन, अमेरिकामा एक समारोहबीच उक्त उपन्यास सार्वजनिक गरिएकाे हाे । अमेरिकामा बसोबास गर्दै आएका लामिछानेको उक्त कृतिमा नेपाली युवाले गर्नु परेको संघर्ष र सफलताको विषय वस्तुलाई समेटिएको छ ।कृतिमाथि समीक्षा गर्दै लेखक कृष्ण बजगाईंले नेपाली डायास्पोरिक साहित्यमा विषयवस्तु, भाषा र शैलीका हिसाबले रोचक ढंगले उपन्यास आएको धारणा व्यक्त गरे । उपन्यासकारका पिता डा. भरत लामिछानेले उपन्यासका सकारात्मक पक्ष र चुनौतीमाथि चर्चा गरेका थिए । उपन्यासकार लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाइलाई उपन्यासको रूप दिइएको र केही हदसम्म भए पनि यसबाट नेपाली युवालाई फाइदा हुनसक्ने विचार व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए । साहित्यकार गोवद्र्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए । उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाईलाई उपन्यासको रुप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने बताए ।

उक्त उपन्यासलाई बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्ती एवं ‘नाफा साहित्यिक साँझ २०७५’ का अवसरमा नेपाली अमेरिकी मैत्री संघ (नाफा)ले आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित उक्त उपन्यास ‘आमाजोन’ बाट अनलाइनमा बिक्री भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया