Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ मंसिर २९ गते सार्वजनिक हुने भएको छ । पेन्गुइन इण्डियाले प्रकाशन गर्ने पुस्तक ‘हिल्ड’लाई मनिषाले निलक कुमारको सहयोगमा लेखेकी हुन् ।

किताबको उपशीर्षक ‘हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ (क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ?) राखेकी छिन् । किताबमा क्यान्सरसँग लड्दाको विभिन्न संघर्ष, दुख भोगाइ र जीवनका विभिन्न पाटाबारे उल्लेख भएको मनिषाले बताएकी छिन् ।

उनले आफ्नो पहिलो किताब प्रकाशनको प्रक्रिया निकै उत्साहजनक भइरहेको बताएकी छिन् । अमेरिकामा क्यान्सर रोगको उपचारपछि नयाँ जीवन पाएर घर फर्किएकी अभिनेत्री कोइरालाले क्यान्सरलाई जितेपछि जीवनलाई हेर्ने दृष्टिकोण समेत बदलिएको बताउँदै आएकी छन् ।

तपाईको प्रतिक्रिया