शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पक्षीय सीधा हवाई सेवा सुरु गर्न जापानसँग प्रस्ताव गर्नुभएको छ ।

जापान भ्रमणमा रहेका मन्त्री ज्ञवालीले समकक्षी तारो कोनोसँगको भेटमा दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न पनि मन्त्री ज्ञवालीले जापानलाई यस्तो आग्रह गर्नुभएको हो । नेपालले हालै भित्र्याएका दुईवटा वाइड बडी विमानका लागि गन्तब्य खोज्ने क्रममा नेपालले सीधा हवाई उडानका लागि जापानसँग प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया