शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानमा आयोजित नेपाल लगानी सम्मेलनलार्ई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्नुभएकाे छ । जापानस्थित नेपाली राजदूतावास, जापानको बाह्य व्यापार संघ (जेट्ररो) लगायतका संस्थाको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनलाई परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गर्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले जापानले नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयाे । नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको भन्दै मन्त्री ज्ञवालीले जापानका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएकाे हाे । नेपालमा नयाँ संविधान घोषणापछि र तीनै तहको निर्वाचन सम्पन्न भएपछिको अवस्थामा राजनीतिक स्थिरता कायम भएको बताउँदै मन्त्री ज्ञवालीले नेपालको अबको लक्ष्य भनेको आर्थिक प्रगति गर्ने भएको स्पष्ट पार्नुभयाे ।

सन् २०३० सम्ममा नेपाल अल्पविकसित देशबाट मध्यम विकसित देशमा सुचीकृत हने तवरबाट विकास गर्ने लक्ष्य लिएको बताउँदै मन्त्री ज्ञवालीले नेपालको विकासमा जापानका निजी क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयाे । नेपालमा प्रयाप्त मात्रामा प्राकृतिक स्रोतसाधन भए पनि प्राविधिक अभावका कारण त्यसले मूर्त रुप लिन नसकेको बताउँदै ज्ञवालीले जापानलाई नेपालको विकासमा प्रविधिक रुपमा सहयोग गर्न पनि आग्रह गर्नुभयाे । नेपाल सरकार लगानी मैत्री वातावरण निर्माणमा लागेकोसमेत प्रष्ट पार्नुभयाे ।

तपाईको प्रतिक्रिया