शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानले सन् २०१९ मा इलेक्ट्रिकबाट चल्ने फ्लाइङ कार बनाउने भएको छ । सोही वर्ष भित्रै परिक्षण गरी लगत्तै सन् २०२० बाट प्रयोगमा ल्याउने गरी सरकारले योजना अगाडि सारेको छ ।
दुरदराजका बस्तीहरुमा यातायातका साथै सामान ओसारपसार गर्न यो सेवा प्रभावकारी हुने सरकारी अधिकारीहरुको अपेक्षा छ ।

उद्योग मन्त्रालय, उड्डयन प्राधिकरण, हवाईसेवा कम्पनी बिचको संयुक्त सहकार्यमा यहि वर्षभित्र आधिकारिक खाका सार्बजनिक गर्ने योजना रहेको छ ।
जसअनुसार टोकियो महानगरिय सरकार र अन्य केही स्थानीय सरकारले अर्को वर्षमा परिक्षण उडान गर्ने भएका छन् ।
जापानी सञ्चार माध्यमहरुका अनुसार सहरी क्षेत्रमा पनि ट्राफिक समस्यालाई न्युनिकरण गर्न पनि यो फ्लाइङ कार उपयोगी हुने सरोकारवलाहरुको दावी छ ।***

तपाईको प्रतिक्रिया