शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – मोवाइल फोन कम्पनी केडिडिआई कर्पोरेशनले फुजी आरोहणका क्रममा दुर्घटनामा परेका आरोहीहरुलाई उद्वार गर्न ड्रोन सेवा सुरु गर्ने भएको छ ।

माउन्ट फुजी चढ्नेक्रममा दुर्घटना वा अन्य कारणले समस्यामा परेका त्यस्ता आरोहीलाई उद्वार गर्न आगामी वर्षको गृष्मदेखि उक्त सेवा सुरु गर्ने सो कम्पनीले जनाएको हो । उद्वार कार्यका साथै अन्य क्षेत्रमा पनि ड्रोन सेवा बिस्तार गरिने सो कम्पनीको योजना रहेको छ ।

त्यसका लागि सो कम्पनीले हालै सफल परिक्षण गरिसकेको बताएको छ । कम्पनीले नक्शा र मौसम सम्बन्धि जानकारी दिने एप्लिकेशनको सफल परीक्षण पनि गरिसकेको जनाएको छ ।समस्यामा परेका आरोहीहरुलाई सञ्चार सम्पर्कका लागि सहज होस् भन्ने उद्देश्यले भविष्यमा माइक्रोफोन र स्पिकर पनि ड्रोनमा जडान गरिने योजना रहेको सो कम्पनीले जनाएको छ ।

एक तथ्याङ्कका अनुसार पाका उमेरदेखि युवायुवतीहरुसम्मका माउण्ट फुजी चढ्नेहरुको संख्या बढ्दो छ । सो क्रममा वर्षेनी थुप्रै दुर्घटना हुने गर्दछन् । गत वर्ष मात्र माउन्ट फुजी चढ्नेक्रममा ३ हजार १ सय ११ जना दुर्घटनामा परेको बताईएको छ । यसप्रकारका समस्या समाधान गर्न ड्रोन सेवा सुरु गर्न लागेको सो कम्पनीले हालै सार्बजनिक गरेको हो ।

जापानी सञ्चार माध्यमहरुले जनाएअनुसार ड्रोनको तौल करीव ४ किलोग्राम रहेको बताईएको छ भने प्रतिघण्टा ६४ किलोमीटर गति यसको ट्राभल क्षमता रहेको बताईएको छ र हावाको वेग प्रतिसेकेण्ड १८ मीटर सम्मको अवस्थामा ड्रोनले अपरेशन गर्न सक्ने बताईएको छ ।***

तपाईको प्रतिक्रिया