काठमाडाैं – बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला आत्मकथा लेखनको हाडमा सामेल भएकी छन् । उनले क्यान्सरसँगको लर्डाइमा केन्द्रित भएर लेखेको किताब ‘हिल्ड’ सार्वजनिक गरिएको छ । ७ वर्ष अगाडि मनिषा पाठेघरको क्यान्सरबाट पीडित भएकी थिइन् ।
अमेरिकामा लामो उपचारपछि उनी क्याम्सरमुक्त भएकी हुन् । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको मनिषा बताउने गर्छिन् । मनिषाले निलक कुमारको सहयोगमा लेखेको किताबको उपशिर्षक छ, ‘क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ?’ किताबको कभर ट्विटरमा सार्वजनिक गर्दै मनिषाले लेखेकी छन्, ‘आफैंलाई पत्ता लगाउन र जीवनलाई फेरि मायन गर्न क्यान्सरले मलाई पाठ सिकाएको छ । प्रिय साथीहरु तपाईहरुलाई म आफ्नो पहिलो पुस्तक टक्र्याउँदै छु ।’
मनिषाले क्यान्सरबाट नयाँ जीवनको सुरुवात गरेको ६ वर्ष भइसकेको छ । यो दौरानमा उनले निराशा, अनिश्चितता र डरको सामना गरेकी थिइन् । अब उनको मनोभाव उक्त किताबको पान्नामा अटाइएको छ । सन् १९८९ मा नेपाली चलचित्रबाट अभिनय करिअरको सुरुवात गरेकी उनले बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी छन् । उनले पछिल्लो समय अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जू’ मा काम गरेकी थिइन् ।