Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडाैं – वैदेशिक रोजगारीमा सिकेको सीप अनुसार स्वदेशमै व्यवसाय गर्न चाहनेलाई सरकारले १० लाख रुपैयाँ कर्जा दिन थालेको छ । आर्थिक वर्ष २०७५/७६ मा बजेटमा व्यवस्था गरे अनुसार सरकारले कर्जा दिन थालेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ स्वीकृत भइ कार्यान्वयनमा आएसँगै राष्ट्र बैंकले ११ कात्तिकमा नै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको थियो । राष्ट्र बैंकले विदेशबाट फर्किएर व्यवसाय कर्जा लिन चाहनेहरुलाई पायक पर्ने शाखाबाट सेवा लिन आग्रह गरेको छ भने सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेको छ । विदेशमा सिकेको सीप अनुसारको व्यवसाय वा उद्यम गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ दिने योजना समावेश गरेको थियो ।

कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नाे नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ ।  कार्यविधि अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आफूले सिकेको सीपसँग सम्बन्धित व्यवसाय वा उद्यम गर्न परियोजना धितो राखेर वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजा अन्तर्गत कर्जा लिन सक्नेछन् । कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वःघोषणा गर्नुपर्ने भनिएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम, पेशा, व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

तपाईको प्रतिक्रिया