Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – बरिष्ठ गायक तथा संगीतकार एवम् भजन शिरोमणि भक्तराज आचार्यको सम्मान तथा सत्य-स्वरुव आचार्य साँझ २०१८ आयोजना हुने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय कलाकारहरुको समूह सङ्गीत मझेरी एडमन्टनले कार्यक्रम गर्न लागेको हो । कर्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनस्थित सेन्ट्रल लायन्स रिक्रिएशन सेन्टरमा यही नोभेम्वर १८ आइतबार साँझ हुने भएको छ । कार्यक्रमको संयोजन इश्वर खत्रीले गरेका छन् । कार्यक्रमको तयारी तव्ररुपमा भइरहेको जानकारी उहाँले दिनुभयाे ।

उहाँका अनुसार कार्यक्रममा स्थानीय संस्था सङ्गीत मझेरीले शुर सम्राट भजन शिरोमणि भक्तराज आचार्यलाईलाई प्रमाणपत्रका साथै नगद क्यानडीयन डलर ५०० बाट सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयाे । नगद भक्तराज आचार्य प्रतिष्ठानलाई हस्तानतरण गरिने जानकारी खत्रीले दिनुभयाे । स्थानीय कालाकार मिलेर २०१६ मा संगीत मझेरी स्थापना भएको हो । यस संस्थाले स्थानीय स्तरमा विभिन्न साङ्गीतिक कायक्रम गर्दै आइरहेकोछ ।

हरेक महिना एउटा साङ्गीतिक कार्यक्रम गर्दै आइरहेको यो संस्थाले अहिलेसम्म ३३ वाटा सङ्गी शृङखला प्रस्तुत गरिसकेको जानकारी मझेरीका वरिष्ठ सदस्य राजेन्द्र सुवेदी ‘छहारी’ले जानकारी दिनुभयाे । मात्रृभूमिबाट टाढा भएका हामी नेपालीलाई बेलामौकामा गीत सङ्गीतको माध्यमबाट मनोरञ्जन दिनुका साथै नेपाली कला र संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तामा मौलिक नेपाली गीत सङ्गीत हस्तान्तरण गर्नु हाम्रो उद्देश्य हो सुवेदीले बताउनुभयाे ।

कार्यक्रमका संयोजक तथा संस्थाका अध्यक्ष ईश्वर खत्रीका अनुसार अहिलेसम्म मझेरीसंग हारमोनियम, तबला, डोलक, बासुरी, झ्याम्टा, मादल, सारंगी लगायतका वाध्यबाधन नेपालबाटै ल्याइएको छ ।

तपाईको प्रतिक्रिया