Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

वासिंटन – पश्चिमा देशहरुले रुसको सैन्य गुप्तचर विभागले विश्वभर कयौं साइबर हमला गरेको आरोप लगाएका छन् । अमेरिका, बेलायत, नेदरल्यान्ड्स, क्यानडालगायतका देशले रुसले कयौं महत्वपूर्ण संस्थाहरुमा साइबर हमला गराएको आरोप लगाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकाले रुसी निशानामा फिफा, वर्ल्ड एन्टी–डोपिङ एजेन्सी र एक परमाणु कम्पनी परेको दावी गरेको छ । नेदरल्यान्डसले चार रुसी नागरिकमाथि नर्व एजेन्ट हमलामा जाँच गरिरहेको अर्गनाइजेसन फोर द प्रोहिविसन अफ केमिकल वेपन्समा ह्याकिङ्को षड्यन्त्र भएको आरोप लगाएको छ ।

त्यस्तै मलेसियाको ‘एमएच १७’ विमानसँग सम्बन्धित अनुसन्धान प्रभावित गर्नसमेत साइबर हमला भएको आरोप उसले लगाएको छ । उक्त विमान सन् २०१४ मा युक्रेनमा रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा खसालिएको थियो, जसमा विमानमा सवार २९८ जनाको मृत्यु भएको थियो ।

उता बेलायतले चार ठूला साइबर हमलामा रुसी गुप्तचर एजेन्सीको हात भएको आरोप लगाएको छ । त्यसैगरी क्यानडाले रुसी गुप्तचर एजेन्सीको निशानामा सेन्टर फर एथिक्स इन स्पोर्ट्स र वल्र्ड एन्टी डोपिङ एजेन्सी परेको दावी गरेको छ ।

रुसी सरकारले भने पश्चिमा देशहरुले लगाएको सम्पूर्ण आरोपलाई अस्विकार गरेको छ । रुसले एक वक्तब्य जारी गर्दै आफूहरुविरुद्ध योजनावद्ध तरिकाले दुष्प्रचार गरिएको बताएको छ । मोवाइल बोक्ने कुनै पनि रुसी नागरिकलाई जासूस भन्न थालिएको उसको भनाइ छ ।

तपाईको प्रतिक्रिया