बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं –  सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनको खरिदमा आफ्ना ग्राहकलाई आकर्षक क्यास ब्याक अफर प्रस्तुत गरेको छ । “सामसङको दशैं अफर” नाम दिइएको यो योजनामा ग्राहकलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो ।

यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्ने ग्राहकमध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जनाले सिंगापुर गई  स्टार क्रुजमा जलयात्रा गर्न पाउने छन् ।

दशैंको अवसरमा नयाँ उत्पादन खरिद गर्ने योजना बनाएकालाई लक्षित गरी यो योजना प्रस्तुत गरेको सामसङले जनाएको छ । सामसङले प्रस्तुत गरेको यस नवीनतम योजनाले ग्राहकहरु उत्साहित हुने कम्पनीको दावी छ । सामसङले ग्राहकमूखी सेवा एवम् योजनालाई सदैव अग्रपङ्क्तिमा राख्दै आएको जनाएको छ ।

यो याजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुने छ । लक्की ड्रअन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसङको आधिकारिक पेज मार्फत् गरिने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया