Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – फेसबुकले एउटा सुरक्षा गल्तीका कारण झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको खाता ह्याक हुन सक्ने खतरा पैदा भएको बताएको छ । कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन् । यो फिचरमा फेसबुक प्रयोगकर्ताले अरु मान्छेले आफ्नो प्रोफाइललगायतका चिजहरु कसरी हेरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्नेछन् ।

फेसबुकले मंगलबार नै यस विषयमा प्रहरीलाई जानकारी गराएको छ । साथै कम्पनीका सुरक्षा प्रमुख गाई रोजेनका अनुसार प्रविधिमा देखिएको त्रुटिलाई सुधार गरिएको छ ।रोजेन भन्छन्, हामीले भर्खरै अनुसन्धान सुरु गरेका छौँ ।

हामीले फेसबुक एकाउन्टको गलत प्रयोग भयो भएन वा जानकारी चोरी भयो भएन भन्ने बारेमा पत्ता लगाउन जरुरी छ । अहिले यो साइबर आक्रमणपछि कसको हात छ र कहाँबाट परिचालित छन् भन्ने बारेमा केही थाहा भएको छैन ।’

रोजेन भन्छन्, ‘मानिसको गोपनीयता र सुरक्षा महत्वपूर्ण हुन्छ, जे भयो त्यसका लागि हामी माफी चाहन्छौँ ।’फेसबुकको ‘भ्यू एज’ एउटा प्राइभेसी फिचर हो जसको माध्यमबाट फेसबुक युजर अन्य व्यक्तिको प्रोफाइल हेर्न सक्छन् । यसबाट उनीहरुले साथी, साथीको साथी तथा सार्वजनिक जानकारी हासिल गर्न सक्नेछन् ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि यो समस्याको समाधान भैसकेको बताएका छन् ।

विस्तृत जानकारीका लागि

https://newsroom.fb.com/news/2018/09/security-update/

तपाईको प्रतिक्रिया