Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोकियो – यहि आइतवार टोकियोमा हुन लागेको अन्तर्राष्ट्रिय हाइकु महोत्सवमा भाग लिन आधा दर्जनभन्दा बढि साहित्यकारहरुको टोकियोमा जमघट भईसकेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त आयोजनामा हुन लागेको नेपाली हाइकु महोत्सवका लागि नेपालबाट नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडे, अश्विनी कोइराला, शिरोमणि दवाडी, किरण पौडेल, विजयराज आचार्य टोकियो आईपुग्नुभएको छ । उहाँहरुका साथै बेलायतबाट कृष्ण बजगाँई र यहिमे जापानबाट प्रभा बराल पनि टोकियो आईसक्नुभएको अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका हाइकु महोत्सव मुल आयोजक समितिका संयोजक प्रकाश पौडेल माइलाले जानकारी दिनुभयो ।

आमन्त्रित साहित्यकार अतिथिहरुको स्वागतमा शनिबार साँझ शिनओकुबोस्थित सोलमारी मुरा हलमा एक साहित्यिक भेटघाट सहितको रात्रीभोज कार्यक्रमको आयोजना गरिएको अनेसास जापानका अध्यक्ष एवं हाइकु महोत्सव मुल आयोजक समितिका उपसंयोजक दिप पाठकले बताउनुभयो ।

बिसं २०६२ सालमा पहिलो पटक नेपालमा भएको हाइकु महोत्सवको दोस्रो संस्करणकारुपमा अनेसास जापानसंग मिलेर यस पटक हाइकुको उदगमस्थल जापानमा गर्न लागिएको नेपाल हाइकु केन्द्रका अध्यक्ष पाँडेले बताउनुभयो ।

महोत्सवमा जापानका चर्चित हाइकु कविहरुको पनि उत्साहजनक सहभागिता रहने अनेसास जापानका महासचिव अरुण पौडेलले बताउनुभयो । उहाँकाअनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको छ । सो अवसरमा आधा दर्जन भन्दा बढि साहित्यिक पुस्तकहरुको विमोचन पनि हुने भएको छ ।हाइकु महोत्सव यहि सेप्टेम्बर ३० तारिख आइतवार सोलमारी मुरा हलमा हुन लागेको हो । टोकियोमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रमले जापानमा रहेका साहित्यकर्मीहरुमा उत्साहको सञ्चार गरेको अनेसास जापानका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार बेलुकाजी थापा बताउनुहुन्छ ।

अनेसासको विश्वब्यापी विराट साहित्यिक अभियानमा जापान च्याप्टरको क्रियाशिलता र सक्रियता अग्रपंत्तिमा रहेको हरेक तीन महिनामा हुने साहित्यिक शृङ्खला र अन्तर्राष्ट्रिय स्तरको हाइकु महोत्सवको आयोजना हुनुले थप पुष्टि गरेको अनेसास जापानका संस्थापक अध्यक्षसमेत रहनुभएका अनेसासका पूर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेतले बताउनुभयो ।

हाइकु लगायत साहित्यको माध्यमबाट पनि नेपालमा जापानी पर्यटक भित्र्याउन सकिने आयोजकको दावी छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया