काठमाडौं कवि तथा लेखक छविरमण सिलवालको नियात्रा संग्रह ‘ग्रीनविचको साँझ’ बुधबार सार्वजनिक गरिएको छ । कालिकास्थानस्थित सर्वनाममा आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले सो पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले कवि तथा समीक्षक छविरमण सिलवालको लेखनीको चर्चा गर्दै कवितामा मात्रै नभएर नियात्रा लेखनमा पनि उहाँले आफ्नो क्षमता देखाएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अर्का वक्ता डा. लक्ष्मणप्रसाद गौतमले सिलवालको नियात्रा लेखनको प्रशंसा गर्नुभयो । विमोचन कार्यक्रममा श्रीओम रोदन, गीता त्रिपाठी, ज्ञानु अधिकारी, सुमन सौरभ, दिनमान गुर्मछान, छविरमण सिलवाल तथा नरेन्द्र नगरकोटीले धारणा राखेका थिए ।
पुस्तक शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकमा लेखक सिलवालले बेलायत भ्रमणको विषय समेटेका छन् । संग्रहमा कुल १० वटा नियात्रा समाविष्ट छ ।