Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – लोकप्रिय लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिनुभयाे । साथै पुस्तकले लभलाई ‘रिडिफाइन’ गरिदिएको समेत दावी गर्नुभयो । पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उहाँको भनाई छ । यसैगरी नायिका आँचल शर्माले आफूले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैको मन छुने बताउनुभयाे । आफू पनि पुस्तक पढ्न आतुर रहेको उहाँको भनाई छ ।

कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफू विश्वस्त रहेको बताउनुभयाे । साथै पुस्तक पढेर प्रतिक्रिया दिन उहाँले अनुरोधसमेत गर्नुभयो । कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत रहेको थियो । त्यसका लागि गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले गीत गाउनुभयाे । ‘आउ न माया गाँस न’, ‘तिमी बिनाको जीवन काँडा भो’आदि गीत गाउनु भएकाे हाे । पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया