Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं –  एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।  जस अन्तर्गत ग्राहकहरुले आकर्षक छुटसहितको दरमा ‘माइ फाइभ र आइ फ्लिक्स’ सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र रु ५ (कर बाहेक) मा माइफाइभ सेवा सुचारु गरी एनसेलका पाँचओटा नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् ।

अहिले भैरहेको शुल्कमा माइफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक २० रुपैयाँ र माइफाइभ नम्बरहरुमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (कर बाहेक) लाग्दै आइरहेको छ ।एनसेलका प्रिपेड ग्राहकले ‘एस्ट्रिक्स५५८८ह्यास’ डायल गरी अफर अन्तर्गत एक महिनाका लागि माइफाइभ सेवा सुचारु गर्न सक्छन् ।

प्रत्येक महिना स्वतः नविकरण हुने गरी माईफाइभ सेवा लिन चाहने ग्राहकले ‘एस्ट्रिक्स ५५९९ ह्यास’ डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माइफाइभ सर्कलमा राखेपछि नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि शुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आइफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यस अन्र्तगत ग्राहकले अब आइफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकहरु मध्ये कुनै पनि प्याक कर बाहेक मात्र रु १० मा सुचारु गर्न सक्छन् ।

विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याकहरु –– एक घण्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक रु ४४.२५ रहेको थियो ।

एनसेलका ग्राहकले अब आइफ्लिक्सका यी डेटा प्याक मात्र रु १० (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टहरुको मनोरञ्जन लिन सक्नेछन् । आइफ्लिक्स एक इन्टरनेट टिभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताहरुले चर्चित तथा आफूलाई मनपर्ने सिनेमा, टिभी शो तथा अन्य धेरै कन्टेन्टहरु अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् ।

संविधान दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक छुट योजना ल्याउन पाएकोमा कम्पनी हर्षित भएको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई अझ शुलभ दरमा आफ्ना साथिभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी दिने तथा मनोरञ्जनको लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ ।

तपाईको प्रतिक्रिया