Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले ३ वर्षअघिदेखि चीनमा उडान विस्तार गर्न खोजिरहेको छ । तर, चीनले विविध बहाना बनाउँदै निगमलाई कुनै पनि विमानस्थलमा स्लट उपलब्ध गराएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी यसै साता पर्यटन प्रवद्र्धनको अभियानस्वरूप चीनको लेसान पुगेर फर्किए ।

सोही भ्रमणमा उहाँले छेन्दुमा निगमका लागि उडानको स्लट दिन आग्रह गरेको जानकारी दिनुभयाे । ‘छेन्दुमा सबैभन्दा पहिले उडान दिने विषयमा छलफल भयो,’ उहाँले भन्नुभयाे,  ‘चीनबाट ४ वटा कम्पनीले नेपाल उडान गरिरहेको सन्दर्भमा नेपाली वायुसेवा कम्पनी चीन नउडेसम्म समानता देखिँदैन ।’ उहाँका अनुसार छेन्दु सरकारका प्रमुखले उडान विस्तारका लागि सकारात्मक पहल गर्ने आश्वासन दिएको छ । निगमले एयरबस ३२०-२०० सिरिजको न्यारोबडी जहाज ल्याएपछि नै चीनमा उडान विस्तारका लागि स्लट मागिरहेको छ ।

तर, पाउन सकेको छैन । मन्त्री अधिकारीले अझै १० महिनादेखि १ वर्षसम्म नेपाली वायुसेवा कम्पनीले चीनमा उडान अनुमति पाउने अवस्था नरहेको समेत संकेत गर्नुभयो ।  नेपाली कम्पनीका लागि चीनको ल्हासा, ग्वान्झाउ, कुनमिङ, सांघाई, बेइजिङ, छेन्दु र सियान गन्तव्यमा उडान अनुमति मागिएको छ । चीनसँग नेपालले सन् २००२ मा भएको दुई पक्षीय हवाई सेवा सम्झौता पुनरावलोकनपछि सातामा १४ उडान गर्ने सहमति भएको थियो ।

यो सहमतिलाई पनि बढाएर हाल सातामा ७० वटा उडानसम्म पुगिसकेको छ । चीनसँग भएको सम्झौताअनुसार दुवै मुलुकले बराबर उडान गर्न पाउने र सम्झौतामा उल्लेख भएअनुसार सातवटै गन्तव्यमा जान सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया