Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

धनगढी – जयलक्ष्मी जोशीद्वारा लिखित दर्द गजल संग्रहको विमोचन गरिएको छ । कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा उक्त गजल संग्रहको विमोचन गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गजल संग्रहको प्रदेश सांसद डिल्लीराज पन्त र १००८ गौरीशंकरले संयुक्त रुपमा विमोचन गरेका हुन् । लेखक जयलक्ष्मी जोशीले आफ्नो गजल संग्रहमा सामाजिक परिवेश, महिला माथीको हिंसा, कुरीतिका बारेमा गजल मार्फत प्रहार गरेकी छन् । साथै उनको संग्रहमा असफल प्रेमका बारेमा पनि चर्चा गरिएको छ । २०४५ सालमा दुर्गम जिल्ला बझाङमा जन्मिएकी जोशी हाल धनगढी उपमहानगरपालिका ५ मा बस्दै आएकी छन् ।

विमोचन कार्यक्रममा बोल्दै गजल संग्रहकी लेखक जोशीले ७ नंम्बर प्रदेश राज्यको दृष्टिमा पछि परेको र समाजमा रहेका कुप्रथाका कारण यहाँका महिलाहरुले भोग्नु परेका पीडाका बारेमा गजल मार्फत चर्चा गरिएको बताइन । उनले यो आफ्नो पहिलो रचना भएको र निकट भविष्यमै मुक्तक संग्रह र उपन्यास पनि प्रकाशनको तयारीमा रहेको बताइन । कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया