आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – जय भोले फिल्मको ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । करिब तीन मिनेट लामो ट्रेलरमा कमेडी र रोमान्टिक दृश्यको वर्चस्व छ ।

अशोक शर्माको निर्माण र निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट खगेन्द्र लामिछानेले लेखेका हुन् । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माता रहेको फिल्ममा खगेन्द्र स्वयं, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, राजाराम पौडेललगायत कलाकारको अभिनय छ ।

दशैँमा प्रदर्शन गरिने फिल्मले भरपुर मनोरञ्जन दिने दाबी निर्देशक शर्माको छ ।

तपाईको प्रतिक्रिया